सप्तकोशीमा दाउरा खोज्न जाँदा बराहक्षेत्रका एक बालक बेपत्ता

  • असार २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रबाट बगाएर ल्याएको दाउरा निकाल्न नदी तटिय क्षेत्रका स्थानीयहरु ज्यानै जोखिममा लाउने गरेका छन् । केही दिन अघि देखि परेको वर्षाले सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रमा पहिरो जाँदा बगाएर ल्याएको दाउरा निकाल्न अहिले पनि होडबाजी नै चलिरहेको छ ।
यसै होडबाजीमा बराहक्षेत्र वडा नम्बर ७ का एक बालक आज ९आइतबार० सप्तकोशी नदीमा बेपत्ता भएका छन् । बुबा गंगा बस्नेत सँगै दाउरा निकाल्न वडा नम्बर ६ को जब्दी स्थित २ नम्बर नोन क्षेत्रमा दाउरा निकाल्ने क्रममा १४ वर्षिय बालक अनिल बस्नेत बेपत्ता भएका हुन् । बुबा साइकल लिन गएका बेला डिलमा बसिरहेको अनिलले बग्दै गरेको मुडा देखेपछि निकाल्न खोज्दा बगाएको बुबा गंगा बस्नेतलाई उद्धृत गर्दै चक्रघट्टी प्रहरी कार्यालयका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए । उनले भने, उनलाई पौडी खेल्न आउँदैन रैछ, एक्लै डिलमा बसिरहँदा नदीमा पसेछन् ।’
विहान करिब साढे ५ बजेको समयमा उनलाई बगाएको प्रहरीले जनाएको छ । खोलाको बहाव पनि निकै बढेकाले खोजि कार्यमा केही समस्या भए पनि प्रहरी परिचालन गरिएको राजवंशीले जानकारी दिए ।
प्रहरीले नदीको भेलबाढीमा दाउरा टिप्न रोके पनि बाढीले ल्याउने दाउरा खाना पकाउने इन्धनका लागि प्रयोग गर्न गाउँलेहरु जोखिम मोलेरै जाने गरेका छन् । अहिले भने प्रहरीले पुर्ण रुपमा नदी तटिय क्षेत्रहरुमा प्रवेशमा रोक लगाएको राजवंशीले बताए ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved