सप्तकोशीमा दाउरा खोज्न जाँदा बराहक्षेत्रका एक बालक बेपत्ता

  • असार २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रबाट बगाएर ल्याएको दाउरा निकाल्न नदी तटिय क्षेत्रका स्थानीयहरु ज्यानै जोखिममा लाउने गरेका छन् । केही दिन अघि देखि परेको वर्षाले सप्तकोशी नदीमा बाढी आए पछि पहाडी क्षेत्रमा पहिरो जाँदा बगाएर ल्याएको दाउरा निकाल्न अहिले पनि होडबाजी नै चलिरहेको छ ।
यसै होडबाजीमा बराहक्षेत्र वडा नम्बर ७ का एक बालक आज ९आइतबार० सप्तकोशी नदीमा बेपत्ता भएका छन् । बुबा गंगा बस्नेत सँगै दाउरा निकाल्न वडा नम्बर ६ को जब्दी स्थित २ नम्बर नोन क्षेत्रमा दाउरा निकाल्ने क्रममा १४ वर्षिय बालक अनिल बस्नेत बेपत्ता भएका हुन् । बुबा साइकल लिन गएका बेला डिलमा बसिरहेको अनिलले बग्दै गरेको मुडा देखेपछि निकाल्न खोज्दा बगाएको बुबा गंगा बस्नेतलाई उद्धृत गर्दै चक्रघट्टी प्रहरी कार्यालयका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए । उनले भने, उनलाई पौडी खेल्न आउँदैन रैछ, एक्लै डिलमा बसिरहँदा नदीमा पसेछन् ।’
विहान करिब साढे ५ बजेको समयमा उनलाई बगाएको प्रहरीले जनाएको छ । खोलाको बहाव पनि निकै बढेकाले खोजि कार्यमा केही समस्या भए पनि प्रहरी परिचालन गरिएको राजवंशीले जानकारी दिए ।
प्रहरीले नदीको भेलबाढीमा दाउरा टिप्न रोके पनि बाढीले ल्याउने दाउरा खाना पकाउने इन्धनका लागि प्रयोग गर्न गाउँलेहरु जोखिम मोलेरै जाने गरेका छन् । अहिले भने प्रहरीले पुर्ण रुपमा नदी तटिय क्षेत्रहरुमा प्रवेशमा रोक लगाएको राजवंशीले बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved