विराटनगर । झापाको दमक नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय आतादुल धोनियाको लडेर मृत्यु भएको छ ।
दमक ६ मा अवस्थित एक निर्माणाधनी घरमा मिस्त्री काम गर्दै आएका उनी दोस्रो तलामा लडेर बेहोस भई मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घरको फिनिसिङको काम गर्ने क्रममा एक्कासि लडेर बेहोस भएका थिए । उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।