दीर्घकालीन समाधान खोजौँ

  • असार २६, २०७७
  • सम्पादकीय
alt

बुधबारदेखि देशभर निरन्तर वर्षा भइरहेको छ र यो वर्षा अअझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । वर्षाले पहाडी जिल्लामा पहिरोले जनधनको क्षति गर्न थालिसकेको छ भने तराईमा डुबान शुरु भएको छ । डुबान र पहिरोको प्रकोप पूर्वमा पनि देखिन थालिसकेको छ । हुन त यो पूर्वको मात्र समस्या होइन । बाढी, पहिरो र डुबान देशव्यापी समस्या हो । यो यसपटक मात्र देखिएको नयाँ समस्या पनि होइन । यो त वर्षेनी दोहोरिरहने राष्ट्रिय समस्या हो ।

देशका विभिन्न भागमा बाढी–पहिरोमा परी एक दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने केही वेपत्ता भएका छन् । कतिपय घरबारविहीन भएका छन् भने कतिपय गाउँ–बस्ती बाढी, पहिरो र डुबानको जोखिममा परेका छन् । लगातारको वर्षाले कतिपय स्थानमा सडकमै भल बगेका छन् भने नदीमा पनि जलसतह बढेको छ । यसले गर्दा कतिपय स्थानमा जीउधन नै जोखिममा परेको छ । यस्तो जोखिममा परेका स्थानका नागरिकहरूले त्रासमा रात बिताउनुपर्ने अवस्था आएको छ ।

राज्यले दीर्घकालीन उपाय नगर्दा यो समस्या वर्षेनी दोहोरिने गरेको हो । अब यसतर्प तीनै तहका सरकाकरहरूको गम्भीर ध्यानाकर्षण हुनु आवह्यक छ । कतिपय शहरी क्षेत्रमा सडक र नाला व्यवस्थित नहुँदा ठाउँ–ठाउँमा सडक नै छोपिने गरी पानी जमेको छ । नदी किनारका बस्तीहरू अझ बढी जोखिममा परेका देखिन्छन् ।

जोखिममा परेका नागरिकहरूको उद्धार अहिलेको प्राथमिक विषय हुनुपर्छ । उनीहरूलाई सुरक्षित स्थलमा स्थानान्तरण गरी खाने–बस्ने व्यवस्था मिलाउनु राज्यको दायित्व हो । त्यसपछि राज्यले यो समस्याको दीर्घकालीन समाधानका लागि योजना बनाउनु आवश्यक छ । नदी किनारका बस्तीहरूको सुरक्षाका लागि आवश्यक रूपमा तटबन्ध निर्माण र वृक्षारोपण गरिनुपर्छ । यसरी पनि सुरक्षित बनाउन नसकिने स्थानबाट घर र बस्तीहरूलाई नै सुरक्षित स्थलमा स्थानान्तरण गरिनुपर्छ ।

समस्या आएपछि मात्र समाधान खोज्न थाल्ने प्रवृत्तिले हामी सधैँ पछि परिरहेका छौँ । यो प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved