कृषिमुखी योजना आवश्यक

  • असार २४, २०७७
  • सम्पादकीय
alt

हाम्रो देशलाई कृषिप्रधान मानिन्छ । अहिले पनि यहाँ ८० प्रतिशतभन्दा बढी नागरिक कृषिमै आश्रित रहेको सरकारको भनाइ छ । हुन पनि कृषि क्षेत्रमा सकारात्मक परिवर्तन नआएसम्म हाम्रो देशको प्रगति र समृद्धिको यात्रा सहज नहुने निश्चित छ तर यति महत्त्वपूर्ण भईकन पनि कृषि क्षेत्र सधैँ उपेक्षित नै रहेको देखिन्छ । हाम्रो देशको समृद्धिको आधार नै कृषि हो । देशको प्रगति गर्ने हो भने किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु आवश्यक छ र यसका लागि कृषि प्रणालीमा सुधार अपरिहार्य छ ।

हाम्रो देशका कृषकहरू अहिले पनि निर्वाहमुखी कृषि प्रणालीमा अल्मलिएका छन् । व्यावसायिक कृषिविना किसानहरूको जीवनस्तरमा सकारात्मक सुधार नआउने निश्चित छ । कृषिमा व्यावसायीकरण गर्न आधुनिकीकरण र यान्त्रिकीकरण आवश्यक छ । परम्परागत कृषि प्रणालीबाट व्यावसायीकरण सम्भव छैन तर हाम्रो कृषिको वास्तविकता चाहिँ कस्तो छ भने आधुनिकीकरण र यान्त्रिकीकरण त टाढाका कुरा, किसानहरूले बेलामा बीउ, मल र सिँचाइ पनि पाएका छैनन् । त्यसैले यो अवस्थामा परिवर्तन ल्याउनु आवश्यक छ ।

व्यावसायिक कृषितर्पm फड्को मार्न अब तीनै तहका सरकारहरूले चरणबद्ध योजना बनाउनु आवश्यक छ । कृषि र किसानमुखी योजनाविना कृषि क्षेत्रको विकास सम्भव छैन । नारा र भाषणले मात्र प्रगति हुने भए देश उहिल्यै स्वीट्जरल्यान्ड बनिसक्ने थियो । नेताहरूले त भाषणमा देशलाई कयौँपटक युरोप बनाएकै हुन् । अब भाषणमा होइन, यथार्थमै देशको प्रगति गर्ने हो भने कृषिमुखी योजना बनाइनुपर्छ । त्यसो त यहाँ कृषिमुखी योजना नबनेका होइनन् । किसानका नाममा अनुदानका लागि बजेट पनि नछुट्टिएका होइनन् तर योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा कृषि क्षेत्रमा अपेक्षित परिवर्तन हुन सकेको छैन ।

किसानका पक्षमा बनेका योजना र तिनका लागि व्यवस्था गरिएका अनुदानबारे अधिकांश किसानहरूले थाहा नै पाउँदैनन् । तिनका लागि छुट्याइएको बजेट शक्ति र राजनीतिक पहुँचका भरमा अरूले नै हात पार्छन् । अहिले रोपाइँका बेला किसानले मलखादको समस्या झेल्नुपरेको छ । यसतर्पm सरकारको ध्यान जानु आवश्यक छ । अब तीनै तहका सरकारहरूले किसानमुखी कार्यक्रम सञ्चालन गर्नुपर्छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गरेर समग्र कृषि क्षेत्रमा सुधार गर्नु आवश्यक छ । पहुँच नभएका सोझा र कर्मशील किसानहरूले पनि लाभ लिन पाउने गरी योजना बनाइनुपर्छ । बाठा र पहुँच भएकाहरूले मात्र लाभ लिने प्रवृत्तिले समग्र कृषि क्षेत्रको विकास असम्भव छ । यसतर्पm सबैको ध्यान जानु अपेक्षित छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved