काठमाडौं –बलिउड अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित चलचत्रि ‘दिल बेचारा’ को सोमबार रिलिज भएको ट्रेलरले रिलिज भएकै दिन विश्व रेकर्ड राख्न सफल भएको छ ।
ट्रेलर रिलिज भएको ९८ मिनेटभित्र १० लाखले लाइक आए पछि उक्त फल्मिको ट्रेलरले छोटो समयमा सबै भन्दा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो ।
लाइकको साथै उक्त भिडियोमा हजारौं दर्शक तथा सुन्शानतका समर्थकले प्रतिक्रया समेत जनाएका छन् ।
जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित उक्त चलचित्रमा मुकेश छाबडाको निर्देशन रहेको छ ।