लकडाउन प्रभावित शहिद परिवारलाई उपसभामुखको राहत

  • असार २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण प्रभावित बनेका धरानका शहिद परिवारलाई प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेलले खाद्यान्न सामग्री प्रदान गरेकि छिन् ।

सोमबार धरानका विभिन्न वडामा रहेका शहिद परिवारलाई भेट गर्दै उनीहरुलाई राहत वितरण गरेकी हुन् । पोख्रेल सहित प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, नेकपाका प्रदेश सदस्य मुकेश मुक्साम्हाङ, धरान नगर इन्चार्ज चोत्लुङ, धरान नगर अध्यक्ष नारायण सुवेदी लगायतका नेताहरुले शहिद परिवार सँग भेट गरेका थिए ।

भेटका क्रममा शहिद परिवारले पार्टी एकिकरण टुट्न नदिन आग्रह गरेका थिए । त्यसै गरि शहिदको नाममा विकाश निर्माणको काम गर्न समेत सुझाव दिएको नेकपाका धरान नगर इन्चार्ज चोत्लुङले बताए ।

उनीहरुले धरान वडा नम्बर १५ का राम कुमार रामदाम, पवित्रा राई, ईश्वर तामाङ, मच्छिन्द्र लाबुङ, धरान ६ का लिला पराजुली, वडा नम्बर २० का रण शमशेर राई, दिलिप राईका परिवारहरु भेटघाट गरेका थिए ।

सोही क्रममा धरानका ज्येष्ठ कम्युनिष्ट नेता नर बहादुर लिम्बुलाई सँग पनि भेटघाट गरि स्वास्थ्य अवश्थाको विषयमा जानकारी लिएका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved