धरान । लकडाउनका कारण प्रभावित बनेका धरानका शहिद परिवारलाई प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेलले खाद्यान्न सामग्री प्रदान गरेकि छिन् ।
सोमबार धरानका विभिन्न वडामा रहेका शहिद परिवारलाई भेट गर्दै उनीहरुलाई राहत वितरण गरेकी हुन् । पोख्रेल सहित प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, नेकपाका प्रदेश सदस्य मुकेश मुक्साम्हाङ, धरान नगर इन्चार्ज चोत्लुङ, धरान नगर अध्यक्ष नारायण सुवेदी लगायतका नेताहरुले शहिद परिवार सँग भेट गरेका थिए ।
भेटका क्रममा शहिद परिवारले पार्टी एकिकरण टुट्न नदिन आग्रह गरेका थिए । त्यसै गरि शहिदको नाममा विकाश निर्माणको काम गर्न समेत सुझाव दिएको नेकपाका धरान नगर इन्चार्ज चोत्लुङले बताए ।
उनीहरुले धरान वडा नम्बर १५ का राम कुमार रामदाम, पवित्रा राई, ईश्वर तामाङ, मच्छिन्द्र लाबुङ, धरान ६ का लिला पराजुली, वडा नम्बर २० का रण शमशेर राई, दिलिप राईका परिवारहरु भेटघाट गरेका थिए ।
सोही क्रममा धरानका ज्येष्ठ कम्युनिष्ट नेता नर बहादुर लिम्बुलाई सँग पनि भेटघाट गरि स्वास्थ्य अवश्थाको विषयमा जानकारी लिएका थिए ।