आज थप ६२९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमित मध्ये ११०जना महिला र ५१९ जना पुरुष भएको पनि उनले बताए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।
नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।