जंगली जनावरको सिंग, प्वाख सहित ३ जना पक्राउ

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लागुऔषध गाँजा सहित जंगली जनावरको अंग लुकाई छिपाई धरान ल्याउँदै गएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले टेम्पो सहित ३ जनालाई पक्राउ गरेको छ ।

मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित एक्लेवर चौतारा नजिक चाँदी बजारबाट धरान तर्फ आउँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोको सिट मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवश्थामा दुई पोकामा रहेको २ सय ४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ वटा, जंगली जनावर घोरलको सिंग जस्तो देखिने ४ थता, कस्तुरीको सिंग जस्तो देखिने २ थान सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान ११ बस्दै आएका ट्याम्पो चालक वर्ष २९ को नन्दीमान राई, सोही ठेगाना भएका वर्ष १९ का दिनेश भन्ने सबिन राई र वर्ष २० का सागर राई रहेका छन् ।

उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बरामद भएका जंगली जनावरको सिंग, पंक्षीको प्वाख आवश्यक अनुसन्धानको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरानमा बुझाइएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved