पथरी असार १०। मोरङको पथरी शनिश्चरे नपा वडा नं. १० अवस्थित केबी मेमोरियल बोर्डिङ नजिकै रहेको वर्ष ६४ का चक्रबहादुर खड्काको गत असार ८ गते साइकल–मोटरबाइक सडक दुर्घटनाका कारण निधन भयो ।
पोष्टमार्टमको काम सकेर उहाँको दाहसंस्कार ९ गते बिहान स्थानीय डाँस खोला घाटमा भयो ।
२ वर्षअघि श्रीमती गुमाएका ६ छोरीका धनी दिवंगत खड्काको अन्त्येष्टि कर्मलाई कसरी सम्पन्न गर्ने रु समाजमा चियोचर्चो बढ्न थाल्यो । दाजुभाइहरू नै चाहिन्छ काजकीरियाका लागि भनेर तर्क–कुतर्कहरू यहाँ उठे ।
कसैले दाजुभाइ झिकाउनुपर्छ भने भनि कसैले आसाममा बसोबास गर्ने दाजुभाइलाई काजकीरियाको भागी बनाउनुपर्छ भन्ने तर्क अघि सार्न थाले ।
बहसको तरङ्ग राम्रै थियो । त्यहिँबीचमा बिराटनगर, पिचराह स्थायी निवासी खड्का परिवारका कान्छा ज्वाईं सुदीप नेपालले ससुरा बुबाको कान्छो सन्तान मुना खड्काले मेरो घरको संस्कार विधि व्यवस्थापन गर्दा हुन्छ भने मैले दिवंगत ससुरा बुबाको अन्त्येष्टि कर्म गर्न किन हुँदैन रु म गर्छु सबथोक भनेर एकाएक अघि सरे । दागबत्ती दिनदेखि लिएर कोरो ढिकुरो उठाउनेजस्ता सबै कर्ममा अघिअघि देखिए ।
घटना दुःखद् हो । तर, घटनापछिको सामाजिक सांस्कृतिक व्यवस्थापनका सन्दर्भमा एउटै कोखबाट भएका सन्तानबीच विभेदका आँखाले हेर्ने हाम्रो समाज र यहाँका केही बुझक्कडका लागि कान्छा ज्वाईं नेपाल प्रेरणा भएको दावी गर्दै सामाजिक व्यक्तित्व युवराज बास्कोटाले आफ्नो सञ्जालमा उहाँको निधन समाजका लागि प्रेरणा भनेर स्टाटस नै लेखे ।
छोरासरह छोरीलाई सन्तान र परिवारको उत्तराधिकारी हकको रूपमा बुझ्न नसक्ने समाजका लागि खड्का दाइका ती कान्छा ज्वाईं नेपालले वास्तवमै छोराकै रूप हो भनेर दर्शाए– स्थानीय बुद्धिजीवी एवं बुद्ध माविका प्राचार्य बोधराज सिग्देलले बताए ।
घटना एउटा दुःखद् पक्ष हो । घटनापछिको क्षणमा ज्वाईंको उपस्थिति साँच्चै नै अनौठो तर अनुसरणयोग्य रहेकोमा खुशी व्यक्त गर्दै यसले क्रमशः हाम्रो समाजमा सन्तानबीच रहेको विभेदको बादल फाट्दै जाने विषयमा भूपु सैनिक अंग्रेजी बोर्डिङ स्कुलका प्राचार्य उपेन्द्र कँडेलले बताए ।