धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २७ जना डिस्चार्ज भएका छन् ।
१८ महिना देखि ६० वर्ष सम्मका झापाका ४, मोरङका १८, सुनसरीका ५ जना गरी २६ पुरुष र १ महिला सहित जम्मा २७ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार उनिहरु जेठ ३१ गते देखि असार २ गते सम्म प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।
प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १५५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
प्रवक्ता डा. सापकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितहरु प्रतिष्ठानमा भर्ना भएका छन् ।