आज थप ५३५ जनामा संक्रमण पोजेटिभ देखिएको हो।
यो सगै नेपालमा संक्रमितको संख्या ९५६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ५३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३७० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २१४२ जना पुगेको छ । नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।