विहिबार प्रदेश नं १ बाट पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना कोरोना संक्रमित ४० जना डिस्चार्ज भएका छन् ।
उनीहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएका हुन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २२४ पुगेको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ४१६ रहेको छ । संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् ।
डिस्चार्ज हुनेहरुमा १५ देखि ४७ वर्षमा पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरुमा सुनसरीका १६, झापाका ११ मोरंगका ९ र भोजपुरका ४ जना रहेका छन् ।