७१ वर्षीय बृद्धको हिड्दा हिड्दै बेहोस भएर मृत्यु

  • असार ४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ वर्षीय बृद्ध रनबहादुर राईको हिड्दा हिड्दै बेहोस भएर मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचा–४ स्थित छोरीको घरमा गएर छोरी ज्वाईसहित घर फर्कदै गरेका राईको धनकुटाको सहिदभूमि गाउँपालिका–१ त्रिवेणीमा हिड्दा हिड्दै बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनीहरु सुन्दरहरैंचाबाट बराहक्षेत्र–त्रिवेणी हुँदै भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थित अर्की छोरीको घर जाँदै थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण गाडी नचलेपछि उनीहरु मोरङको सुन्दरहरैचाबाट पैदल हिडेर भोजपुर जाँदै थिए ।

बाटोमा आउँने क्रममा तिर्खा लागेर बाटो नजिकैको पसलमा कोकाकोला किनेर खाएपछि पैसा तिर्न खोज्दा राई अचानक ढलेका थिए ।

अचानक ढलेर बेहोस भएका बृद्ध राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचानक बेहोस् भएर मृत्यु भएका राईको शवलाई जिल्ला अस्पताल धनकुटा ल्याएर पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

मृत्यूको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved