७१ वर्षीय बृद्धको हिड्दा हिड्दै बेहोस भएर मृत्यु

  • असार ४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ वर्षीय बृद्ध रनबहादुर राईको हिड्दा हिड्दै बेहोस भएर मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचा–४ स्थित छोरीको घरमा गएर छोरी ज्वाईसहित घर फर्कदै गरेका राईको धनकुटाको सहिदभूमि गाउँपालिका–१ त्रिवेणीमा हिड्दा हिड्दै बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनीहरु सुन्दरहरैंचाबाट बराहक्षेत्र–त्रिवेणी हुँदै भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थित अर्की छोरीको घर जाँदै थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण गाडी नचलेपछि उनीहरु मोरङको सुन्दरहरैचाबाट पैदल हिडेर भोजपुर जाँदै थिए ।

बाटोमा आउँने क्रममा तिर्खा लागेर बाटो नजिकैको पसलमा कोकाकोला किनेर खाएपछि पैसा तिर्न खोज्दा राई अचानक ढलेका थिए ।

अचानक ढलेर बेहोस भएका बृद्ध राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचानक बेहोस् भएर मृत्यु भएका राईको शवलाई जिल्ला अस्पताल धनकुटा ल्याएर पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

मृत्यूको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

असार १५ धरान पानबारी ...

पानबारी/सुनसरीको कोशी प्रदेश अन्र्तगत धरान उपमहानगरपालि ...

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved