नेकपा धरानमा थप सदस्य मनोनयन र जिम्मेवारी बाँडफाड

  • असार २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल कम्युनिष्ट पार्टी नेकपा धरान उपमहानगर समितीले थप सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी बाँडफाड गरेको छ ।

मंगलबार धरान नगर अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी समेत बाँडफाड गरेको हो । नगर समितीको मनोनित सदस्यहरुमा जसरथ सुब्बा, जिवन भट्टराई, दश प्रतिशत मध्येबाट जिवन राई, विकाश चाम्लिङ, सारदा मगर, शिव धमला, राजकुमार राई, भुवन बस्नेत, अब्बास अन्सारी मिया रहेका छन् । समितीको सचिवालयमा जसरथ सुब्बा, दिना प्रसाद उपाध्याय, जीवन भट्टराईलाई मनोनयन गरेको छ ।

त्यसै गरि २० वटै वडाहरुमा इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ । कार्यविभाजनमा वडा नम्बर १ मा इन्चार्ज भरत सुवेदी र जिवन राई सहइन्चार्ज तोकेको छ । त्यसै गरि वडा नम्बर २ मा ईन्चार्ज र सहइन्चार्जमा कैलास अग्रवाल र यसोदा कायस्थ, वडा नम्बर ३ मा सर्वजित राई र विकाश बनेपाली, ४ मा चन्द्र कुलुङ र तुफान मगर, ५ मा चन्द्र भुजेल र सन्दीप लिम्बु, ६ मा हेमराज सुवदेी र धन बहादुर तामाङ, ७ मा ठाकुर कार्की र गेल्बु शेर्पा, ८ मा चेतना श्रेङ र धन बहादुर राई, ९ मा कुमार कटुवाल र लिला प्रधान रहेका छन् ।

त्यसै गरि ईन्चार्ज र सहइन्चार्जमा क्रमशः वडा नम्बर १० मा श्री सुब्बा र नर बहादुर लिम्बु, ११ मा सुशील सुवेदी र लक्ष्मी प्रधान, १२ मा भुवन हांगाम र ब्रमज्ञ भट्टराई, १३ मा लेखराज श्रेष्ठ र कृष्ण लावती र १४ मा झलक श्रेष्ठ र बाबु राई, १५ मा सुवास खवास र बकसमान गुरुङ, १६ मा घनश्याम बुढाथोकी र हिमाल कार्की, १७ मा जीवन भट्टराई र युवराज विष्ट, १८ मा सुजता राई र मदन राई, १९ मा तिलक राई राजकुमार र जसरथ सुब्बा, र २० मा सम्फर तामाङ र राजकुमार राई रहेका छन् ।

त्यस्तै विद्यार्थी सहइन्चार्जमा विदुर महतलाई जिम्मेवारी दिएको छ भने विभाग उपभोक्ता हित तथा आपुर्ती विभागको जिम्मेवारी रमेश राईले पाएका छन् । समितीले सल्लाहकार परिषदको अध्यक्ष कर्ण राइलाई तोक्दै सदस्यमा लाल बहादुर सेन्चुरीलाई मनोनयन गरेको छ । यता जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा आङ बहादुर राई, सचिव कृष्ण श्रेष्ठ रहेका छन् ।

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved