धरान मोरङगको रतुवामाई नगरपालिकामा थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै रतुवामाईमा नगरपालिकामा संक्रमितहरुको संख्या ४७ पुगेको छ ।
प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले जनाए ।
मेयर राईले कोशपित्र सगंको टेलिफोन सम्पर्कमा बताएअनुसार संक्रमितहरु सबै २५ जना पुरुष भएको र उनिहरु सबै भारतका विभिन्न सहरहरु बाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए ।
उनका अनुसार बिराटनगर कोभिड १९ उपचार केन्द«मा ठाउँ नभएकाले संक्रमितहरुलाई धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयार भइरहेको छ ।
रतुवामाईका २ जना संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।