साग पदक विजेता खेलाडीको बैंक खातामै पुरस्कार रकम पठाइने

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । १३ औं दक्षिण एसियाली खेलतकुद प्रतियोगिता (साग) का विजेता खोलाडीलाई प्रदेश १ सरकारले दिने घोषणा गरेको रकम सम्बन्धित खेलाडीकै बैंक खातामा पठाई दिने भएको छ ।

मुख्यमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बुधबार प्रदेशसभा बैठकमा भने,“हामीले विजेता खेलाडीलाई सम्मान गर्ने भनेकै हो तर कोभिड १९ को महामारीका कारण खेलाडीलाई प्रदेशमै ल्याएर सम्मान गर्न कठिनाइ भएको हो ।” मुख्यमन्त्री राईले सागका विजेता खेलाडीलाई बैंककै खाता पठाई दिने वा अर्को आर्थिक वर्षमा सम्मान गर्ने जानकारी दिए ।

सागका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भनेपनि त्यो उधारो भएको भन्दै सदनमा सांसद कुसुमकुमारी श्रेष्ठले टिप्पणी गरेकी थिइन । प्रदेश सरकारले प्रदेश १ का खेलाडीहरुलाई क्रमश ः रु. ३ लाख, रु २ लाख र रु. १ लाखसहित पुरस्कृत गर्ने मन्त्रिपरिषद्ले गत मंसिर २५ गते निर्णय गरेको थियो ।

सागमा प्रदेश १ का ८८ जना खेलाडीले पदक प्राप्त गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्ले यसबारे सरकारलाई जानकारी गराइसकेको छ । सागमा १० जना खेलाडीले स्वर्ण, १० जनाले रजत र २९ कास्य गरी प्रदेश १ का कूल ४९ खेलाडीले पदक जितेका थिए । सागका विभिन्न खेलहरु काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना गरिएको भएको थियो ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved