यातायात कार्यालय इटहरीका ४ जना सहित १७ जनालाई भ्रष्टाचारको मुद्दा दायर

  • जेठ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

यातायात कार्यालय इटहरीका ४ जना सहित १७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनालाई राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार नागरिक समाज इटहरीबाट कार्यालयमा संकलित राजश्व हिनामिना भैरहेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीपछि अख्तियारले २०७३र०७४ को चैतदेखि २०७४ को असार मसान्तसम्म अनुसन्धान हुँदा राजश्व सम्बन्धित खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको जानकारी दिएका छन् । आयोगले नेपालसँग १ करोड ८ लाख २९ हजार ६९ रुपैया विगो माग दाबी गरेको छ भने लम्सालसँग ३ करोड ३० लाख ७९ हजार ३ सय ७३ रुपैया, थपलियासँग १ करोड ३० लाख ७२ हजार १५३ रुपैया र राईसँग ५६ लाख १२ हजार ५ ४७ रुपैया विगो माग दाबी गरेको छ ।

यसैगरि, आयोगले तत्काली लेखअधिकृत टीकाराम अधिकारीसँग १ करोड २५ लाख ४८ हजार ६, तत्कालीन लेखापाल सुरेश अधिकारीसँग ३ करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालसँग ३ करोड ४८ लाख ९३ हजार २१६ र तत्कालीन लेखापाल अर्जुन भट्टराईसँग २ करोड १७ लाख ३२ हजार ४७३ बिगो माग दाबी गरेको छ । यस्तै, फोकस वान नेपाल प्रालिका ४ जना कम्प्युटर अपरेटरहरु रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल र राकेश रोशन मर्साङ्गीसँग जनही ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।


आयोगका अनुसार उनीहरुसँग कुल ४० करोड ७३ लाख ५० हजार ४ सय ३० रुपैयाँ बिगो माग दाबी गरिएको छ । आयोगले तत्कालिन प्रमुख नयराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईविरुद्ध मुद्दा दायर गरेको हो ।

 

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

नवाेदय विद्यालयमा वि ...

धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस् ...

बराहक्षेत्र मन्दिर प ...

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved