नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संखया २ हजार ९ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले आज थप २७८ जनमा संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये २सय ६७ जना पुरुष र ११ जना महिलाहरु रहेका छन् ।
प्रवक्ता देबकोटाका अनुसार पछिल्लो २४ घण्टा थप ४३ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सगै नेपालमा कुल निको हुने संक्रकितहरुको संख्या ३ सय ३३ पुगेको छ । त्यस्र्तै कोरोना का कारण हालसम्म नेपालमा ११ जनाले ज्यान गुमाइसकेका छन् ।
उनका अनुसार नेपालका कुल संक्रमितहरु मध्ये २ हजार ७ सय १७ जना पुरुष र १सय ९५ जना महिलाहरु रहेका छन् । प्रदेश नम्बर १ का १२ जिल्लमा २४२ जनाममा संक्रमण पुष्टि भएको छ ।