बराहक्षेत्रको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण "सुनसरीमा १६ जना संक्रमित पुगे"

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

धरान । बराहक्षेत्र स्थित महेन्द्र मावि क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

गत जेठ ११ गते भारतबाट आएका तिन जनामा संक्रमण पोजिटिभ देखिएको हो । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । गत मंगलबार विराटनगर स्थित कोशी अस्पतालमा उनीहरुको स्वाब परिक्षणका लागि पठाएको थियो ।

कोरोना संक्रमण देखिएका बराहक्षेत्र वडा नम्बर ८ का २ जना र वडा नम्बर ७ का १ जना रहेका छन् ।

महेन्द्र माविको क्वारेन्टाइनमा ६४ जना भारतबाट आएर बसेका छन् । त्यसै गरि प्रकाशपुरको प्रकाश माविमा ६० जना क्वारेन्टाइन्मा बसेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार करिब दुई हप्ता अघि ४ जनामा कोरोना सक्रमण देखिएको थियो भने बुधबार ७ जना र विहिबार ५ जनामा संक्रमण देखिएको थियो ।

विहिबार देखिएका ५ जना मध्ये बराहक्षेत्रका ३ जना र भोक्राहामा भेटिएका संक्रमित मोरङ र ताप्लेजुङको रहेको बुझिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved