काठमाडौं नेपालमा थप ३सय ३४जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३सय ३४जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । यो सगै नेपालमा संक्रमितहरुको संख्या २हजार ६सय ३४ पुगेको छ ।
आज थपिएका नयाँ संक्रमितहरु मध्ये ३१९ जना पुरुष र १५ जना महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले जनाएका छन ।
उनका अनुसार हालसम्म देशका ६५ जिल्लामा संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म संक्रमण देखिएका २९० जना उपचारपछि निको भएका छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार सबै भन्दा बढी संक्रमितहरु प्रदेश नम्बर २का सबै ८ जिल्लामा गरि ९६३ जना संक्रमण पुष्टि भएको छ । पाल्पाका ४५ वर्षीय पुरुष कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो सगैं नेपालमा मृतकको संख्या १० पुगको छ । उनि भारतबाट ५ दिन अघि नेपाल आएर क्वारेन्टीनमा बसेका थिए ।