काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् भने, संक्रमण पुष्टि भएका मध्य १ लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् ।
पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
महाराष्ट्रमा सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै ७४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने दुई हजार ५८७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै तमिलनाडुमा २५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने २०८ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा पनि २३ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ६०६ जनाको मृत्यु भएको छ । गुजरातमा १८ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार १२२ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३४५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २२९ जनाको मृत्यु भएको छ । बिहारमा चार हजार एक सयभन्दा बढी संक्रमित छन् भने २५ जनाको मृत्यु भएको छ ।