भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७५ पुग्यो

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार पुगेको छ ।

 भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् भने, संक्रमण पुष्टि भएका मध्य १ लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् ।

पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

महाराष्ट्रमा सबैभन्दा बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै ७४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने दुई हजार ५८७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै तमिलनाडुमा २५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने २०८ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि २३ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ६०६ जनाको मृत्यु भएको छ । गुजरातमा १८ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार १२२ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३४५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २२९ जनाको मृत्यु भएको छ । बिहारमा चार हजार एक सयभन्दा बढी संक्रमित छन् भने २५ जनाको मृत्यु भएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved