विराटनगरमा पसल खुले,स्वास्थ्य सतर्कतामा कडाई

  • जेठ २२, २०७७
  • "विराटनगर ।"
alt

 विराटनगरको मुख्य बजार आजबाट खुलेको छ । विहीबारबाट आन्तरिक लकडाउनलाई केही व्यवस्थित गर्दै पशलहरु दिउँसो १२ बजेसम्म खुल्न दिने सहमति भएको थियो ।

विराटनगरमा कपडा, गार्मेन्ट,जुत्ताचप्पल र भाँडावर्तनका पशल पनि विहीबार बिहानैदेखि खुलेका छन् । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले प्रशासनले लिखित रुपमा व्यपारीसंग सहमित गरी खोल्न दिने सहमति भन्दा पनि परिस्थितिलाई हेरेर १२ बजेसम्म खोल्न दिने समझदारी भएको बताए । भने,“स्वास्थ्य सतर्कता अपनाउँदै कपडा, गार्मेन्ट्स, जुत्ताचप्पल र भाँडा पसशलहरु प्नि खुलेका छन् ।

खाद्यान्न तथा इलेक्ट्रोनिक्सका पशलहरु संचालनमै थिए ।” उनले सावधानी र सामाजिक दूरी अपनाँदै पशल खोल्न दिन व्यापारीहरुले आग्रह गरे बमोजिम विराटनगर महानगर तथा जिल्ला प्रशासन कार्यालय सकारात्मक बनेको सुनाए ।
दैनिक १२ बजेसम्म खोलिने पशल त्यसपछि भने बन्द गर्नुपर्ने हुन्छ । नत्र प्रहरीले बन्द गराउने छन् । लकडाउनका कारण लामोसमयदेखि बजार बन्द हुँदा व्यवसायीहरु ठूलो आर्थिक घाटाको पीडा रहेकोले पनि सावधानी अपनाउँदै पशल खोल्न दिनुपर्ने व्यापारीका संस्थाहरुले समेत माग गर्दै आएका थिए । अध्यक्ष थापाले भने,“राहत स्वरुप खुला गरेको हो । समझदारी भएको छ ।

आज धेरै पशल खुलेका छन् । खासगरी मेनरोडको बजारमा सबै खुल्ला छन् ।” उनले दुई चार घण्टा हुने व्यापारले पनि भाडा र बैंकको ब्जाय तिर्न व्यापारीलाई सहज हुने सुनाए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पशल खोल्न केही सहज वतावरण बनाइएको बताउँदै भने,“संक्रमण जोखिमलाई मध्यनजर गर्दै त्यसबाट बच्ने उपाय अपनाएर पशल खोलिएको हो । भिंडभाँड भने गर्न पाइने छैन ।” उनले पशलहरुमा बिक्रेताले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, स्यानिटाइजर राख्नुपर्ने र ग्राहकलाई हातधुने व्यवस्था गर्नुपर्ने नियम लगाइएको बताए । स्वास्थ्य सतर्कता र सामाजिक दूरी अपनाएर पशल तथा बजार खोल्न दिन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समिति, उद्योग संगठन र मोरङ व्यापार संघले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved