साउथ ह्याम्प्टनका खेलाडी डिजेन्पो आफू मानेजस्तै हुने योजना

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडी साडियो माने पछिल्लो समय उत्कृष्ट खेलाडीका रूपमा चिनिन्छन् । उनले लिगका धेरै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । लिभरपुललाई गत सिजन च्याम्पियन्स लिग जिताउन उनको महत्त्वपूर्ण योगदान थियो ।

यो सिजन पनि मानेले आफ्नो प्रदर्शनलाई यथावत् राखेका छन् । उनी अघिल्लो सिजनभन्दा यो सिजन झनै उत्कृष्ट भएर निस्केका थिए । मानेजस्तै हुने प्रेरणा धेरै युरोपियन क्लबका खेलाडीमा हुन्छ । त्यस्तै साउथ ह्याम्प्टनका खेलाडी डिजेन्पोले पनि आफू मानेजस्तै हुने बताएका छन् ।

उनले मानेको खेल खेल्ने तरिका उत्कृष्ट भएकाले आफूले पछिल्लो समय मानेजस्तै हुने योजना बनाएको बताए । साथै उनले माने विश्वकै उत्कृष्ट अट्याकरमा पर्ने पनि बताए ।

“माने मेरा लागि ठूलो प्रेरणाका स्रोत बनेका छन् । उनी धेरै ठूलो खेलाडीका रूपमा स्थापित छन् । मलाई पनि उनकोजस्तै खेल प्रदर्शन गर्ने विचार छ ।

यदि मैले धेरै मिहिनेत गरें भने उनीभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुनसक्छु,” डिजेन्पोले स्पोर्टस्सँगको कुराकानीमा भने ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved