काठमाण्डौं नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या २३०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार नयाँ संक्रमितहरु मध्ये जना पुरुष १७९ र२२ जना महिला रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।
उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ।
नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्।