झापामा जेठ २४ देखि बजार खोल्ने निर्णय

  • जेठ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । पछिल्लो समय प्रदेश नम्बर १ को झापामा कोरोनाको संक्रमण बढ्दै गएका छन् । भारतीय सिमानाका बाट आएका झापाका दक्षिणी क्षेत्रका गाउँहरुमा कोरोनाको जोखिम पनि बढ्दै गएको छ, यसै बिच मेचिनगर उद्योग वाणिज्य संघ धुलाबारीले भने बजार खोल्ने निर्णय गरेको छ ।

मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार जेठ २४ बाट खोल्ने निर्णय गरेको हो ।

एकातिर कोरानाको संक्रमण पनि बढ्दै गएको छ, अर्को तिर लकडाउनका कारण उद्योग कलकारखाना बन्द रहँदा उद्योगि व्यवसायीलाई ठुलो घाटा व्यहोर्नु परेको छ ।

त्यसैले बैठकले लकडाउनका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ २३ सम्ममा आवश्यक निर्णय नगरे जेठ २४ देखि स्वतः सबै व्यवसाय खुला गर्ने निर्णय गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिनुभयो । तर, अति संवेदनशील क्षेत्रहरू चलचित्र घर, पार्टी प्यालेस, जिम खाना, होटेल, रेस्टुरेन्ट भने बन्द नै राख्ने निर्णय गरेको छ ।

बैठकले रेस्टुरेन्ट तथा खाजा घरको हकमा भने अधिकतम सुरक्षा सावधानी अपनाएर होम डेरीभरी तथा अर्डरअनुसारको सेवा सञ्चालन गर्ने, औषधि, डेरी, कृषि सामग्री मल बिउविजन, भेटनरी र बैंक तथा वित्तीय संस्थाहरू नियमित सञ्चालन गर्न पाउनुपर्ने निर्णय गरेको छ ।

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved