बहत्तर दिन पछि धरान बजारमा चहलपहल शुरु

  • जेठ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान बजारधरान । सरकारले घोषणा गरेको लकडाउनको एक दिन अघि देखि धरानमा शुरु भएको लकडाउन आज ७२ दिन पछि धरान बजारमा चहलपहल हुन थालेको छ ।

कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले चैत्र ११ गते देखि देशैभरी लकडाउनको घोषणा गरेको थियो तर धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी जिल्लाबाट पनि बिरामीहरु आउने भएकाले अत्याधिक भिड हुन थाले पछि १० गते देखिनै धरानमा लकडाउनको घोषणा गरेको थियो ।

अहिले धरानका बजारहरु बिस्तारै खुल्न थालेका छन् भने निजी तथा भाडाका टेम्पो, सिटि सफारीहरु पनि चल्न थालेका छन् । धरानको मुख्य बजार महेन्द्र पथ, पुरानो बजार, देशिलाईनका सबै खाले पसलहरु खुल्न थालेका हुन् । विशेष गरि खाद्यान्न पसलहरु मात्रै खुकुलो बनाए पनि अन्य आवश्यकिय वस्तुहरुका पसल पनि खुल्दै गएका छन् ।

लामो समय सम्म धरानमा कोरोनाको संक्रमण नदेखिए पछि पनि सुरक्षाको हिसाबले कडाई नगर्दा बजारहरु खुल्न थालेका हुन् ।
उदयपुर जिल्लाको भुल्केमा कोरोना संक्रमित भेटिए पछि धरान उपमहानगरपालिकाले सुरक्षामा कडाइ गरेको थियो । त्यस पछि सुनसरीको इटहरीमा भेटिए पछि थप कडा पारेको थियो । करिब दुई साता अघि धरानकै एक महिलालाई संक्रमण देखिए पछि समय अनुसार खाद्यान्नका पसलहरु मात्रै खुलेका थिए ।
पछिल्लो समय सुनसरीमा देखिएका कोरोना संक्रमित र उनीहरुका आफन्तमा गरिएको परिक्षणहरु नेगेटिभ आउन थाले केही सहजता हुँदै गएको थियो । धरानमै भेटिएकी कोरोना संक्रमित पनि सोमबार निको भएर घर फर्किए पछि धरानमा चहलपहल बढेको हो ।
लकडाउनको मोडालिडी परिवर्तन गर्न सोमबार सुनसरी उद्योग वाणिज्य संघले धरान उपमहानगरपालिकालाई पनि आग्रह गरेको थियो । मेयर तिलक राईले आवश्यक्ता अनुसार फेरिदै जाने बताएका थिए । अन्य जिल्ला जस्तो कोरोना संक्रमण नदेखिएकाले बजार खुलाउन उपयुक्तनै हुने स्थानीय राजेन्द्र तामाङ बताउँछन् । उनले भने, अन्य ठाउँको जस्तो छैन्, सामान्य नै छ, किन लकडाउन गर्नु, यत्तिका दिन भैसक्यो बजार खुलाउँदा हुन्छ ।’
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि बिरामीको कारण भने धरान कोरोना संक्रमण फैलिन सक्ने क्षेत्रमै पर्दछ । त्यसैले सामाजिक दुरी सहित सुरक्षीत तरिकाले बजार खुलाए पनि सावधानी भने अपनाउनु पर्ने आवश्यक छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved