धरान । क्यान्सर पिडित धरान १४ की सपना तावाहाङ लिम्बुलाई होप धरानले खाद्यान्न सामग्री सहयोग गरेको छ ।
धरान १४ स्थित नरसिंह मन्दिरको घरमा बस्दै आएकी सपना लिम्बुको दुवै मृगौला खराब भए पछि उपचारका लागि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तमा बस्दै आएकी छिन् ।
आर्थिक अवश्था कमजोर रहेको उनलाई होप धरानले १ हप्ता पुग्ने खाद्यान्न सहयोग गरेको हो । होप धरानका अध्यक्ष निश्चल पलिखेको नेतृत्वमा पुगेको टोलिले क्यान्सर पिडित सपनाकी आमा नविता तावाहाङ लिम्बुलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
क्यान्सर पिडित सपना नागरिकता नभएकाले सरकारले दिएको निशुल्क उपचार पनि पाउन सकेकि छैनन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराए पछि घरमै बस्दै आएकी छिन् ।
उनलाई अप्ठयारो भए पछि हेमो डायलासिसको लागि आउन चिकित्सकले बताएका छन् । आर्थिक अवश्था कमजोर रहेकाले डायलासिसको लागि खर्चको समेत अभाव रहेको आमा नविताले बताइन् ।
होप धरानले ‘सबैलाई खुशी ल्याउ’ नारा सहित यो लकडाउनको समयमा खाद्यान्न सहित अन्य सहयोग गर्दै आएको छ ।
धरान उपमहानगरपालिकाले सडक मानवहरुलाई व्यवस्थापन गरेको लाङघाली सामुदायिक वन उपभोक्ता समुहको आवासगृहमा रहेका करिब १ सय जना सडक मानवहरुलाई बिहान दिउँसोको खाजा पनि खुवाउँदै आएको छ । सपना लिम्बुको उपचारमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
खाद्यान्न सहयोग कार्यक्रममा लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल सुधार समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सपना लिम्बुको उपचारमा सहयोग गर्न समितीले सहजीकरण गर्दै आएको छ ।