क्यान्सर पिडित सपना लिम्बुलाई होप धरानको खाद्यान्न सहयोग

  • जेठ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । क्यान्सर पिडित धरान १४ की सपना तावाहाङ लिम्बुलाई होप धरानले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

धरान १४ स्थित नरसिंह मन्दिरको घरमा बस्दै आएकी सपना लिम्बुको दुवै मृगौला खराब भए पछि उपचारका लागि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तमा बस्दै आएकी छिन् ।

आर्थिक अवश्था कमजोर रहेको उनलाई होप धरानले १ हप्ता पुग्ने खाद्यान्न सहयोग गरेको हो । होप धरानका अध्यक्ष निश्चल पलिखेको नेतृत्वमा पुगेको टोलिले क्यान्सर पिडित सपनाकी आमा नविता तावाहाङ लिम्बुलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
क्यान्सर पिडित सपना नागरिकता नभएकाले सरकारले दिएको निशुल्क उपचार पनि पाउन सकेकि छैनन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराए पछि घरमै बस्दै आएकी छिन् ।

उनलाई अप्ठयारो भए पछि हेमो डायलासिसको लागि आउन चिकित्सकले बताएका छन् । आर्थिक अवश्था कमजोर रहेकाले डायलासिसको लागि खर्चको समेत अभाव रहेको आमा नविताले बताइन् ।

होप धरानले ‘सबैलाई खुशी ल्याउ’ नारा सहित यो लकडाउनको समयमा खाद्यान्न सहित अन्य सहयोग गर्दै आएको छ ।

धरान उपमहानगरपालिकाले सडक मानवहरुलाई व्यवस्थापन गरेको लाङघाली सामुदायिक वन उपभोक्ता समुहको आवासगृहमा रहेका करिब १ सय जना सडक मानवहरुलाई बिहान दिउँसोको खाजा पनि खुवाउँदै आएको छ । सपना लिम्बुको उपचारमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

खाद्यान्न सहयोग कार्यक्रममा लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल सुधार समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सपना लिम्बुको उपचारमा सहयोग गर्न समितीले सहजीकरण गर्दै आएको छ ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved