धरान । कोरोना संक्रमण फैलिदै गए पनि निको भएर फर्किनेहरु पनि बढ्दै गएका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका कोरोना संक्रमितहरु एकै दिन १८ जना घर फर्किएका छन् ।
प्रतिष्ठानले सोमबार राती उनीहरुलाई डिस्चार्ज दिएको हो । निको भएर घर फर्किनेहरुमा धरानकी १ महिला सहित झापाका १७ जना रहेका छन् । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहित प्रतिष्ठानका पदाधिकारीहरुले बिदाई गरेका थिए ।
दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आए पनि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका हरुलाई बसमा पठाइएको थियो ।
प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमित व्यक्तिहरु रहेका छन् । ती सबै झापाका हुन् ।