धरान । धरान उपमहानगरपालिकाले बनाएको एन्फा एकेडेमीको क्वारेन्टाइनमा बसेका ४१ जना पुगेका छन् ।
धरानले एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाए पछि गत जेठ १४ गते देखि विभिन्न नाका हँुदै भारतबाट आएका स्थानीयहरुलाई राख्न थालेको छ ।
आज सोमबार मात्रै ९ जना भारतमा रहेका स्थानीयहरु आएर क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा खटिएकी अनमी डुका घिसिङका अनुसार सोमबार बिहान आएका ५ जना पुरुष र दिउँसो २ जना पुरुष र दुई जना श्रीमान् श्रीमती आएका छन् । अहिले क्वारेन्टाइनमा बस्नेको संख्या ४१ पुगेको छ ।
बिहान आएका ५ जना भारतको वृन्दावनबाट आएका थिए भने दिउँसो १ जना दिल्ली, १ जना मध्यपुरा भारत, श्रीमान श्रीमती चै सिलगढीबाट आएका हुन् ।
कोरोनाको संक्रमण फैलिन शुरु भए पछि धरानले सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा राख्दै आएको थियो, तर त्याहाका भवनहरु मर्मत गर्नु भए पछि धरान १७ स्थित एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाएको थियो । क्वारेनटाइनमा जेठ १४ गते भारतको पानीघट्टा निरपानीबाट काँकडभिट्टा नाका हुँदै आएका ७ जना, जेठ १५ गते भारतको सिलगढीबाट २ जना, खरसाङबाट १ जना गरी ३ जना, जेठ १६ गते ८ जना आएका थिए ।
त्यसै गरि जेठ १७ गते भारतको नागाल्याण्डबाट काँकडभिट्टा हुँदै आएका १ जना, जेठ १८ गते सुनसरीको भाण्टाबारी नाका हुँदै ८ जना र जनकपुर नाका हुँदै ३ जना भारतको दिल्लीबाट आएका ११ जनालाई पनि क्वारेनटाइनमा राखिएको छ । यस्तै गए राति २ जना महिला भारतको दार्जिलिङबाट आएकालाई पनि क्वारेनटाइनमा राखिएको छ ।
क्वारेनटाइनको सुरक्षा नेपाली सेनाले गरिरहेको छ भने २४ सै घण्टा स्वास्थ्यकर्मी पनि खटाइएको छ । क्वारेन्टाइनमा रहेका मध्ये १५ जना महिला छन् भने बाँकी पुरुष हुन् ।
क्वारेन्टाइनमा राखिएकाहरु कोही तीर्थयात्राको क्रममा लकडाउनले भारतमै अड्किएकाहरु हुन् भने कोही आफन्तको मरौंमा गएका र कोही रोजगारीको क्रममा भारत गएकाहरु हुन् ।