झापामा दुई सय बेडको कोरोना अस्पताल

  • जेठ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt कोभिड अस्पताल संचालन गर्ने भनिएको मेची अस्पतालको निर्र्माणाधीन भवन ।

विराटनगर । झापाको भद्रपुरमा अस्थायी कोभिड १९ अस्पताल निर्माण गर्न स्थानीय सहमत भएका छन् । प्रदेश १ मा अहिले सबैभन्दा धेरै संक्रमित भएको जिल्ला झापा हो । त्यहाँ कचनकवल गाउँपालिकामा मात्र एक सय संक्रमित फेला परेका छन् ।

अस्थायी कोरोना उपचार अस्पताल बनाउने विषयमा जनस्तरबाट विरोध भएको थियो । तर, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डअनुसार अस्पताल निर्माण हुने भए आपत्ती नहुने भन्दै स्थानीयले सहमति जनाएका छन् । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा अस्पताल संचालन गर्न भनिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभालाई सम्बोधन गर्दै झापामा आइसोलेसन बेड थपेर कोरोना उपचार केन्द्र संचालन गर्ने जानकारी गराएका थिए । त्यहाँ दुई सय बेडको अस्पताल संचालन गर्ने सरकारको तयारी छ । तर स्थानीयले भने संक्रमण समुदायमा फैलन भन्दै विरोध गरेका थिए ।

स्थानीय रुपमा छलफल गरी गठन गरिएको कोरोना अस्पताल नागरिक सरोकार समाजले मेचीले आपत्ती जनाउँदै विरोध गरेको थियो । तर, डब्लुएचओको मापदण्डअनुरुप अस्पतालको निर्माण गर्न आग्रह गरिएको बताउँदै समाजका संयोजक भक्त खवासले भने,“हाम्रै जिल्लामा अधिक संक्रमित देखिएका छन् ।

अब विरोध गर्नुभन्दा पनि सुरक्षित तरिकाले अस्पताल संचालनमा होस भन्ने हाम्रो पनि चाहना छ ।” मेची अस्पतालको साटो अलग्गै भवनमा कोरोना अस्पताल बनाए आपत्ती नहुने स्पष्ट गरे ।

वरिपरि संक्रमण फैलिने त्राससँगै मेची अस्पतालमा आउने विपन्न परिवार सेवाबाट बञ्चित गर्न नुहने आफूहरुको ठहर भएको खवासले बताएए । जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरिसकेको छ । तर, नयाँ भवनमा कोरोना उपचार केन्द्र बन्ने भएपछि स्थानीयबाट विरोध भएको थियो ।
प्रदेशसभामा नेकपाका सांसद श्रीप्रसाद मैनालीले पनि संक्रमितको संख्या बढेसंगै विशेष सेवासहितको उपचार सेवा र परीक्षणको लागि झापामै पिसिआर ल्याब संचालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए । मैनाली भन्छन्,“उतै परीक्षण गर्ने प्रबन्ध भयो भने तुरुन्त रिजल्ट थाहा हुन सक्छ । यसबाट उपचारमा पनि सहजता आउँछ ।”

भद्रपुबासीले स्थानीसंग छलफल नै नगरी एकलौटी ढङ्गले निर्णय भएको भन्दै विरोध गरेका थिए । भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारततेन्दु कुमार मल्लिक कोरोना अस्पताल झापावासीका लागि आवश्यक रहेको बताउँदै भन्छन्,“झापाका बिरामी उपचार गर्न अस्पताल त चाहिएकै छ । तर निर्माणाधीन भवन वा अर्को कुन स्थान भन्ने सोचविचार गरी सहमतिसाथ निर्णय हुनुपर्छ ।” झापामा अहिलेसम्म १११ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

उनीहरुको धरान र विराटनगरमा उपचार भई रहेको छ । वस्तुस्थिति बुझ्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार झापा पुगेका थिए ।

 

विवाहित महिलासँगको प ...

सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कार ...

नेतृत्वविहीन बीपी प् ...

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र ...

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved