संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज- ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितको अवस्था सामान्य रहेको गौरीगञ्ज गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले जानकारी दिए ।
विराटनगर- १२ मा संक्रमण पुष्टि भएकी महिला भारतबाट आएकी वडाध्यक्ष हिरालाल कामतले जानकारी दिए ।
संक्रमित महिला भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिइन ।
योसँगै प्रदेश १ का नौं जिल्लामा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ ।