नेपालमा थप १७० जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
अहिले थपिएका नयाँ संक्रमितहरु मध्ये १६५ जना पुरुष र ५ जना महिला रहेको प्रवक्ता देबकोटाले जनाकारी दिएका छन् ।
उनका अनसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ भने हालसम्म २०६ जना कोरोना संक्रमण बाट निको भइसकेका छन् ।
नेपालका ५२ जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएको छ ।