दिउँसै मैनबत्ती बालेर दलित पत्रकारहरुद्वारा रुकुम हत्याकाण्डका पिडकलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण

  • जेठ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पश्चिम रुकुमको चौरजहारीमा सामुहिक दलित युवाहरुको हत्या गरेको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर कानुन कार्यान्यवनमा अध्यारो कुनामा बसेको सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघको केन्द्रिय समितीले जारी गरेको निर्देशन अनुसार सुनसरीको कार्यसमितीले धरान स्थित इलाका प्रशासन कार्यालयको मुल गेटमा मृत्तकहरुलाई श्रद्धान्जली दिर्दै विभेद विरुद्धको कानुनलाई अक्षरशः पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

संघको निर्देशन अनुसार देशका ७७ वटै जिल्ला संगठनहरुले पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अघि शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन् ।
संघका प्रदेश समिती सचिव रणध्वोज लोहारको अगुवाईमा गएको शान्तिपुर्ण विरोध कार्यक्रममा धरानका करिब दर्जन संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका छन् ।

11111111111 copy

 धरान स्थित इलाका प्रशासन कार्यालयको गेट बाहिर मृत्यु भएका ५ जनाको फोटोमा श्रद्धान्जली दिदै उनीको आत्माको चिरशान्तिको कामना गर्दै मैनबत्ती बालिएको थियो ।

संघको आयोजनामा भएको शान्तिपुर्ण आन्दोलनमा दिउँसै मैनबत्ती बालेर अध्यारोमा रहेको सरकारको ध्यानाकर्षण गराएको संघका सुनसरी अध्यक्ष दिनेश गजमेरले बताए ।

उनले भने, ‘दलितहरूमाथि हुने घटनामा सरकार अझै पनि अध्याँरोमै रुमल्लिरहेको छ, त्यसैले दिउँसै बत्ती बालेर सरकारको ध्यानाकर्षण गराइएको हो चौरजहारीको घटनामा कानूनी प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छौं ।’
बेपत्ता र शव भेटिएका ६ जनाको मृत्युमा मौनधारण सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको उनले बताए ।

हालसम्म यो घटनामा ६ जना बेपत्ता बने पनि ५ जनाको मात्रै शव फेला परेको छ ।

dalit ptrakar ko birodh copy

विरोध कार्यक्रममा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङ, नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, फोनिजका प्रदेश सल्लाहकार जनकऋषि राई, विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सुन्च्येरी लगायतले श्रद्धान्जली दिदै पिडकलाई कारवाहीको माग गरेका छन् ।

उनीहरुले पिडितहरुलाई कानुनी प्रक्रिया अनुसार कारवाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
संघले आयोजना गरेको विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी, नेपाल फोटो पत्रकार महासंघ सुनसरी, किरात राई पत्रकार संघ सुनसरी, क्रिश्यिचन पत्रकार संघ केन्द्रिय समिती, क्रिश्चियन समाज सहित दलित विकाश समिती साथमा समितीमा आवद्ध रहेका जातिय संगठनहरुले ऐक्यबद्धता जनाएका छन् ।

घटनामा संलग्नहरूलाई कानूनी कारबाही गर्नुपर्ने माग राखिएको छ । हालसम्म घटनामा संलग्न भएको आशंकामा एक वडाध्यक्ष सहित १८ जनालाई नियन्त्रणमा लिइसकेको छ भने २ जना फरार छन् ।

पीडित पक्षले २० जनाविरुद्ध उजुरी दिएका थिए । सरकारले पनि गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ ।

समितिले सत्यतथ्य छानबिन गर्दै सरकारलाई प्रतिवेदन बुझाए अनुसार पिडकलाई कारवाही प्रक्रिया बढ्नेमा आशावादी रहेको इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्र कार्कीले बताए ।

मल्ल थरकी युवती शुष्मा मल्ललाई लिन गएका युवाहरूमध्ये नवराज विकसहित ६ जना बेपत्ता बनेका थिए ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराजसहित १९ जनाको समूहमा गएका उनीहरूमाथि गाउँलेले आक्रमण गर्दै ६ जनाको मृत्यु भएका छन् ।

 

 

 

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved