काठमाडौं । रौतहटमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय २७ पुगेको छ । यसअघि बिहीबार बिहान राजदेवी नपाको ३ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैजना भारतका विभिन्न स्थानबाट नेपाल फर्किएको बताइएको छ ।
भारतबाट आएपछि सबैलाई क्वारेन्टाइनमा राखिएका र स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।