नेपालमा थप १५६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या १०४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिपिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म १८७ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएका छन् भने हालसम्म ५१ जिल्लामा कोरोना संक्रमण देखेका परेको छ ।