सरकार भन्छ घरभित्रै बस्, स्थानीय तह बाटो बनाउने निहुँमा घर भत्काउँछ "हरिनगर ३ का मुसहरबस्ती घरबार विहिन"

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

दिनेश गजमेर

धरान । जताजतै कारोनाको जोखिम बढ्दै गएको छ, सरकारले सुरक्षित तरिकाले घर भित्रै बस्न उर्दी पनि जारी गरेको छ, तर सुनसरीको हरिनगरका मुसहरहरु लकडाउनको समयमा पनि घरबार विहिन बनेका छन् । सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर भत्काइदिए पछि उनीहरु अहिले समस्यामा परेका छन् ।

सुनसरीको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिकालाई सदरमुकाम इनरुवा जोडन् सहायक हुलाकी राजमार्गको काम अघि बढेको छ ।

राजमार्गमा पर्ने हरिनगर गाउँपालिका वडा नम्बर ३ स्थित गौतमपुरका मुसहरीका मुसहरहरु विकाश निर्माणको कामले भने घरबार विहिन हुन पुगेका छन् ।

सडकको मापदण्ड अनुसार सडक फराकिलो बनाउने भन्दै स्थानीय सरकारले घर भत्काइदिए पछि लकडाउनको समयमा असुरक्षित बनेका छन् ।
गाउँपालिकालाई नभत्काउन आग्रह गर्दा गर्दै पनि जबरजस्ती भत्काइदिएको स्थानयि बडियादेवी ऋषिदेव बताउँछिन् । उनी विगत २५ वर्ष देखि मुसहरीमा बस्दै आएकिछिन् ।

महामारी चलेको बेला वडा कार्यालयले जेसिवी लगाएर घर भत्काइदिएको उनले गुनासो गरिन् । उनले भनिन्, ‘मेरो सानो घर भएपनि भत्काई दिए, उपाध्यक्षले धेरै नभत्काउन भन्दा भन्दै वडाले भत्काइदियो, अध्यक्ष गफार अंसारीले आफूलाई जानकारी गराउन भनेको तर त्यस अगाडी नै भत्काई दिएर घर अगाडी मानिस डुब्ने खाल्टो खनिदिएको छ ।’

भत्काएको घर कहाँबाट कसरी बनाउने चिन्ताले सताएको उनले बताईन् ।
मुसहरीबस्तीमा २५ घरपरिवार मुसहरहरु ऐलानी जग्गामा विगत २५ वर्ष देखि बस्दै आएका छन् ।

वैकल्पिक व्यवस्था अनुसार प्रति परिवारलाई १० धुरको दरले जग्गा उपलब्ध गराइदिए पछि मात्रै बाटो बनाउने वडाकार्यालय प्रतिबद्धता जनाएको थियो ।

तर अहिले लकडाउनको समयमा विकल्प नदिइ कोरोनाको जोखिमकै बेला घरवार विहिन बनाइदिएको स्थानीय मुने सरदारको आरोप छ । उनले भने, ‘शुरुमा वडाअध्यक्षले सबैलाई १० धुरको दरले जग्गा दिइसके पछि मात्रै रोड बनाउने भनेको थियो, जब सम्म ठेक्का लगाउँदैन बाटो बन्दैन भनेको थियो । अहिले सबै घर भत्काइदिइ सक्यो, अहिले ५ वटा बाँस, राहतको लागि १५ किलो चामल दिन्छु भन्छ, अनि कसरी घर बनाउने, दिन्छ की दिदैन्, कहिले दिन्छ र बनाउनु, अब कहाँ जाने, ठाउँ छैन् ।’
सरकारले सुरक्षित बास, सामाजिक दुरी कायम गरेर कोरोना सँग जुध्न अपिल गरेको छ । यस्तो संक्रमणको अवश्थामा घरनै भत्काइदिने काम अमानविय भएको भन्दै वैकल्पिक व्यवस्था नगरी काम अघि बढाउन नहुने अधिकारकर्मीहरुले जोड दिएका छन् । देशनै महामारी सँग जुधिरहेको अवश्थामा घरवारविहिन बनाएर दलित परिवारलाई हटाउनु मानवता विरोधी कार्य भएको गैह्रसरकारी संस्था महासंघका केन्द्रिय सचिव तथा रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा बताउँछन् ।
गत शुक्रबार विश्वकर्मा सहित प्रदेश नम्बर १ प्रदेश सभा सदस्य उमिता बराईली सहितको टोलिले घटनास्थल अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ५ घर पुर्णरुपमा क्षति भएको पाइएको छ भन १० घर सामान्य क्षति भएका छन् । अन्य घर ठिकै रहेका छ ।

अनुगमन पश्चात विश्वकर्माले बसिरहेको घरनै भत्काइदिने, घरबार नै उठाइदिने जस्तो अमानविय काम भएको र मानविय संवेदना गुमेको देखिएको उनले बताए ।

उनले भने, ‘विकाशको हिसाबले बाटो फराकिलो बनाउनु पर्छ, ऋषिदेव बस्ती भत्केको देखिन्छ भने मानविय हिसाबले वैकल्पिक व्यवस्था नगरि सरकारले यसरी बाटो खन्ने नाममामा घरबार विहिन बनाउने काम गरेको छ, यो निन्दनीय छ ।’
मुसहर बस्तीलाई वैकल्पिक व्यवस्था गरेर मात्रै बाटो निर्माणको कार्य अघि बढाउनुपर्ने प्रदेश सभा सदस्य उमिता बराईलीले निर्देशन दिएकी छिन् ।

उनले आर्थिक, सामाजिक, शैक्षिक रुपमा अति नै पछाडि परेको दलित समुदाय भित्रको पनि मुसहरहरु माथि ज्यादती नै भएको उनको भनाई छ ।
यता वडा नम्बर ३ का वडाअध्यक्ष अरविन्द मेहनाले स्थानीयले भने जस्तो घरबार विहिन नै नबनाएको दाबी गरेका छन् । शहरी विकाश कार्यक्रम अन्तर्गत घर बनाएर अन्यत्रै बस्दै आएकाहरुको मात्रै घर भत्काइदिएको उनले दाबी गरे ।

उनका अनुसार वडा नम्बर ३ का विभिन्न स्थानमा रहेका १० वटा मुसहर परिवारलाई शहरी विकाश आयोजना अन्तर्गत घर बनाइदिएको छ ।

मुसहरी बस्तीका १ जनाको पनि घर बनाइदिएकाले उनको चै घर भत्काइदिएको उनले बताए । आर्थिक वर्षमा सबै परिवारलाई अन्यत्रै घर बनाइदिएर बसाउने तयारी भइरहेको उनको भनाई छ ।

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved