नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले प्रादेशिक जनस्वास्थय प्रयोगशाला विराटनगर, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १९ जनामा संक्रमण देखिएको बताए ।
एनका उनुसार विराटनगरमा भएको परीक्षणमा झापा बाह्रदशी ३ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, विरगञ्ज पर्साका २५ वर्षीय, पर्साका ३४ वर्षीय पुरुष र पर्साकै नागबाका ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीको हरिपुर ६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मरीमाइ ५ का ४० र ५० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यस्तै रुपन्देहीका १६ वर्षीय किशोर, काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय वृद्ध, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षण रुपन्देहीका २३, ३० र ४० वर्षीय पुरुष कपिलवस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुष, गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।