शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका-२ का पुरुष गुजरातबाट आएको पाइएको छ ।
रतुवामाई नगरपालिका – २ का ४१ वर्षीय पुरुष अन्य तीनजना साथीसँगै भारतको गुजरातबाट गाउँ फर्किएका हुन ।
रतुवामाई नगरपालिका – २ का वडाध्यक्ष किरणलालसिंह गनगाईका अनुसार संक्रमित जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । युवक ७ जेठमा गाउँ आइपुगेका थिए । उनीसँगै आएका अन्य तीनजनालाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।
अध्यक्ष गनगाईका अनुसार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गुजरातबाट आएका व्यक्तिको पीसीआर जाँच गरिएको थियो ।
जेठ ५ गते रतुवामाई १ मा भारतको मुम्बईबाट आएका व्यक्तिलाई कोरोना देखिएको थियो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । संक्रमितमध्ये २ जना रतुवामाई र २ जना विराटनगरका हुन । प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ ।