प्रदेश १ को बर्खे अधिवेशनको तयारी तीव्र

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश १ को बर्खे अधिवेशनको तयारी तीव्र पारिएको छ । कोरोना जोखिमका कारण प्रदेशसभाको हलमा दूरी कायम गर्दै नयाँ कुर्सी व्यवस्थापन गरिएको छ ।

सबै अटाउन मुश्किल हुने भएपछि केही सांसदले बैठकको प्रत्यक्ष प्रसारण हलको माथिल्लो तलामा स्क्रिनमार्फत बैठकको कारवाहीमा सहभागी गराउने सचिवालयले तयारी गरेको छ ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले तल ६३ वटा कुर्सी प्रदेशका सांसदहरुको लागि व्यवस्थापन गरिएको बताए ।

भने,‘‘नअटाउने माननीयहरुलाई स्क्रिनमा बैठक लाइभ देखाउने प्रबन्धसहित माथिल्लो तलामा व्यवस्थापन गरिएको छ ।’’

पत्रकारहरुले पनि मिडिया सेन्टर वा माथिल्लो तलामै राखिने स्क्रिनमा बैठकको कारवाही हेर्न र रिर्पोटिङ गर्न पाउने पराजुलीले बताए ।
प्रदेश १ मा ९३ जना सांसद छन् । बर्खे अधिवेशन यही जेठ १४ गते २ बजेको लागि बोलाइएको छ । अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पेश हुनेछ ।

बैठकमा सहभागी हुने सांसद, सचिवालयका कर्मचारी, सुरक्षामा खटिने सुरक्षाकर्मी र रिर्पोटिङमा जाने पत्रकारहरुका आज नै कोरोना परीक्षण गर्न स्वाब संकलनको काम शुरु भएको छ ।

सभामुख प्रदिपकुमार भण्डारीले अहिले परिस्थिति अलि फरक र संकटग्रस्त भएकोले सावधानीका सबै उपाय अनपाइएको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved