प्रदेश १ मा १३ हजार ५ सय ४४ जनामा कोरोना परीक्षण

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश १ मा १३ हजार ५ सय ४४ जनामा कोरोना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ ।

आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार ८ सय १२ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार २ सय ४७ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई २६ जना डिस्चार्ज भइसकेका छन् ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार ११ जना रहेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ९ जना छन् ।

आइसोलेसनबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार ४ सय ६३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा शुक्रबारसम्म २९ करोड २९ लाख ७९ हजार ३ सय ५४ रुपैयाँ जम्मा भएको छ ।

जङ्गलमा निगुरो टिप्न ...

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ ...

धरानको बुढासुब्बा मन ...

सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन् ...

सिदिङ्वा धामको प्रवर ...

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्म ...

विवाहित महिलासँगको प ...

सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved