उद्योगी व्यवसायीको पीडा बैंकलाई

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज जेष्ठ ७ गते धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सापकोटाले यस छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गर्न र संघले समेत सहजिकरण गर्ने बताए ।

धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरुले तरलतालाई मध्य नजर गर्नुपर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिकाको राहत कोषमा सम्पूर्ण बैंकहरुले समेत सहभागिता जनाउनु पर्ने बताएका थिए ।

राष्ट्र बैंकको निर्देशानुसार बैंकले ब्याज नघटाउनु, हालको अवस्थामा व्यापारीहरुलाई बैंकले कालोसूचीमा राख्ने धम्की सहित ताकेता गर्नु जस्ता कारणले भोलि व्यवसायीहरुले आत्महत्या गर्न सक्ने सम्मको सम्भावना हुनसक्ने पर्यटन व्यवसायी वासुदेव बरालले बताए ।

Bankers-2 copy

 

 

 

 

 

 

त्यसैगरी व्यवसायीहरुबीच नङ र मासुको सम्बन्ध हुनुपर्नेमा हाल आर्थिक अवस्था धराशायी भएको बेला बैंकबाट व्यापारीहरुलाई धेरै समस्या आएमा व्यापारीहरु सहेर नबस्ने र आन्दोलनमा उत्रन समेत पछि नपर्ने संयुक्त ग्रिल व्यवसायी संघका अध्यक्ष राजकुमार राईले बताए ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु बराल, सुनसरी सुनचा“दी व्यवसायी संघका अध्यक्ष्ँ किसन मास्के, होटल व्यवसायी के. पि. पालुङवा, व्यवसायी उदयचन्द्र भगतले आफ्ना समस्याहरु राखेका थिए । बैंकर्सको तर्फबाट मितेरी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख तुलसीप्रसाद वस्तीले राष्ट्र बैंकको निर्देशन सहर्ष रुपमा पालना गर्ने बताएका थिए ।

सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले व्यवसायीहरुलाई परेको पीर मर्काका लागि कार्यक्रमको आयोजना गरिएको तथा बैंकहरुले सदैव सहजिकरण गर्नुपर्ने विचार सहित धन्यवाद ज्ञापन गरेका थिए ।

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved