प्रदेश १ मा कोरोना थपिएसंगै बस्तीहरु धमाधम सिल

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि विलम्ब नगरी गाउँपालिकाका पाँचवटा वडाहरू सिल गरियो ।

आउजाउमा कडाइ गर्ने, क्वारेन्टाइनको निगरानी र अति आवश्यक सेवाबाहेक सबै बन्दाबन्दी । भारतबाट कचनकवल छिरेका ९ जनामा एकै पटक मंगलबार र सोमबार एक जनामा कोरोना संक्रमण पुष्ट भएको छ । ‘‘रोगलाई वस्तीमा फैलन नदिन र रोक्न जोखिमयुक्त वडालाई सिल गर्ने निर्णय गरेका छौं,’’ कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने,‘‘ मुख्यतःसंक्रमण फैलन नदिने र बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा लग्ने काममा हामीले ध्यान केन्द्रीत गरेका छौं ।’’

भारतसंग साँध जोडिएको यो पालिकाको सातमध्ये पाँचवटा वडाहरु १, २, ३, ४ र ५ सिल गरिएको छ । यी सबै वडाहरू भारतसँग जोडिएका छन् । कचनकवलमा भारतबाट आएका मानिसको तथ्यांक आँकलन गरी क्वारेन्टाइनस्थल थप गर्ने तयारी पनि थालिएको छ । सोही क्षेत्रका प्रदेश सांसद बसन्त बानियाँका अनुसार भारतबाट अझै मानिसहरु आउने देखिएको छ ।

गत, शनिवार मात्र भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जनालाई पथरिया माविको क्वारेनटाइनमा राखिएको छ । उनीहरूमध्येबाटै १० जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । अरूको रिपोर्ट आउन बाँकी छ । कचनकवलका संक्रमितलाई विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कचन कवलका संक्रमितहरु भारतका विभिन्न राज्यबाट रेल र ट्रक चढेर आएका हुन । खुलासीमा भएका कारण मानिसहरु लुकिछिपी आउँदा चुनौती थपिएको पालिकाका अध्यक्ष आलम बताउँछन् ।

इटहरीका १८ वडामा पाँच दिने कडाइ, दुई सिल

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ र ३ लाई सिल गर्ने निर्णय लिएको छ । वडा नम्बर २ मा संक्रमित फेला परेपछि त्यो वडालाई पाँच दिनको लागि सिल गरिएको छ ।

यसैगरी ३ मा पनि अनावश्यक आउजाउमा पूर्णत रोक लगाई भाईरस सर्ने किसिमका कुनै गतिविधि गर्न नदिन उपमहानगरले निर्णय लिएको छ । उपमहानगरले १८ वटा वडामा पाँच दिनसम्म कडीकडाउ गर्ने निर्णय गरेको छ । मेयर द्वारिकलाल चौधरीले सतर्कता अपनाउन र स्थानीय सरकारले रोग नियन्त्रणको प्रयासमा गरेको कार्यमा सहयोग गर्न नगरवासीलाई सार्वजनिक आह्वान गरेका गरेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मधुवनमा एक जनामा कोरोना संक्रमण देखिएपछि नगरकार्यापालिकाले दुई वडा वडा सिल गर्ने निर्णय लिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेलले अस्पताल, स्वास्थ्य चौकी, मेडिकल क्लिनिक र औषधि पसलबाहेकका सम्पूर्ण आवागमनमा रोक लगाउने निर्णय लिइएको जानकारी दिएका छन् ।

उनले भने,‘‘नगरबासीमा रोकको संत्रमण फैलन नदिन नै हामी सतर्क भएका हौं ।’’

धनकुटामा अस्पताल र बजार सिल

धनकुटामा ६ जना कोरोना संक्रमित फेला परेपछि धनकुटा जिल्ला अस्पताल सिल गरिएको छ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी महिलामा पहिलो पटक संक्रमण देखिएको थियो । मंगलबार अस्पतालका तीन स्वास्थ्यकर्मी, परिवारका सदस्य र सुरक्षागार्डसमेत गरी थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको धनकुटा जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले बताएका छन् ।

भने,‘‘अस्पतालका सबै सेवा र औषधि पसलहरुसमेत सबै बन्द गरिएको छ ।’’

धनकुटामा बसपार्कदेखि जिरोपोइन्ट, जिरोपोइन्टदेखि परिचयमोड, परिचयमोडदेखि यलम्बर चौक, यलम्बर चौकदेखि धनकुटा सिनेमाहल, सिनेमाहलदेखि याक्चनाचटार जाने बाटो हुँदै त्रिवेणी चौकसम्म, चौकेदखि पशु अस्पतालसम्मको क्षेत्र सिल गरिएको छ । त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गस्ती गर्दै आएका छन् ।

१ नम्बर प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरेसहितको प्रदेश राजधानी विराटनगरबाट गएको स्वास्थ्य प्राविधिक टोलीले जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी,कर्मचारी र उनीहरुका परिवारको गरी ८३ जनाको स्वाब संकलन गरेको छ । तीमध्ये ६६ को रिर्पोट आउँदा ५ जनामा कोरोना संक्रमण फेला परेको हो ।

विराटनगरका संक्रमित फेला परेसंगै दुई वटा वडा सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर ६ र १५ का वस्तीहरुमा लकडाउनमा कडाइ गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने,‘‘वडामा भाइरसको संक्रमण फैलिन नदिन थप कडाई गर्ने निर्णय भएको हो ।’’ पराजुलीले ती वडामा अति आवश्यकबाहेकका सबै सेवा प्रवाह गर्ने निकाय बन्द गरिएको छ । मोरङको पथरी घर भएका एकजना सुरक्षाकर्मीमा कोरोना देखिएपछि नगरपालिकाले लकडाउनलाई थप कडा गर्ने निर्णय गरेको छ ।

नगर प्रवेश गर्ने नाका बन्द गर्ने, पसल नखोल्ने र अनावश्यक आउजाउमा कडाइ गर्ने रणनीति बनाइएको छ ।

प्रदेश १ मा संक्रमित हुनेको संख्या ५९ जना पुगिसकेको छ । कोशी अस्पतालमा उपचारपछि १८ जना डिस्चार्ज भएका छन् ।

तस्बिर क्याप्सन ः झापाको कचनकवलमा क्वारेन्टाइन स्थलबाट संक्रमित विराटनगरतर्फ ल्याउने तयारी गरिंदै ।

सिदिङ्वा धामको प्रवर ...

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्म ...

विवाहित महिलासँगको प ...

सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कार ...

नेतृत्वविहीन बीपी प् ...

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र ...

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved