प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

  • जेठ ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, ७ जेठ । प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् ।

आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् ।

आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

आज ८ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताउनुभयो ।

सिदिङ्वा धामको प्रवर ...

ताप्लेजुङ/ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धार्म ...

विवाहित महिलासँगको प ...

सर्लाही/ विवाहित महिलासँग प्रेम सम्बन्ध राखेकै कार ...

नेतृत्वविहीन बीपी प् ...

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र ...

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved