धनकुटा/ धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा आएका ८४ जनको स्वाब संकलन गरि धरान स्थित वि पि कोइरला स्वास्थ्य विज्ञानमा पठाएको थियो ।
परीक्षणको क्रममा ८४ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्रोतका अनुसार संक्रमति हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
यो सगै धनकुटामा मात्र संक्रमितको संख्या ६ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ ।