नेपालमा आजमात्रै थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार संक्रमितहरु झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी जम्मा २७ जना संक्रमण पुष्टि भएको हो ।
ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।