झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३९० पुग्यो "प्रदेश १ को सात जिल्लामा ५४ संक्रमित"

  • जेठ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /झापाका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापा केचनाकबलका ९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो ।

उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन ।

सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएको छ ।
कपिलवस्तुमा पनि मंगलबार नै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९० पुगको छ । जसमा २ जनाको मृत्यु भएको छ ।

 

 

पुण्य क्रियेटिभिटी ह ...

धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक वि ...

गुणस्तरीय शिक्षाको र ...

धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित ...

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved