प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण फैलियो, " ५४ जना पुगे संक्रमित"

  • जेठ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश १ मा सोमबार एकजना संक्रमित निको भएर कोशी अस्पतालबाट डिस्चार्ज भए । तर, मंगलबार बिहानसम्ममा ११ नयाँ संक्रमित थपिए ।

अब प्रदेश १ मा संक्रमित हुनेको संख्या ५४ जना पुगेको छ । मंगलबार बिहान झापाको कचनकवलमा ९ जनामा कारोना संक्रमिण पुष्टि भएको छ । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

‘‘स्वाब संकलन गरी तीनवटा ल्याबमा परीक्षणको दर बढाइएको छ,’’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने,‘‘परीक्षण बढेपछि संक्रमित थपिने क्रम पनि बढेको हो ।’’ सरकारले अधिक संक्रमित भेटिएका उदयपुर, झापा, मोरङ र सुनसरीमा परीक्षण दर बढाएको मुख्यमन्त्री राईले बताएका छन् ।

उदयपुर, भोजपुर, झापा, मोरङ, धनकुटा, सुनसरी र खोटाङमा कोरोना संक्रमित भेटिएका छन् । विराटनगरको कोशी अस्पताल र प्रदेश प्रयोगशाला तथा धरानको वीपी प्रतिष्ठानमा संकलन भई आउने नमुना परीक्षणको दर बढेसंगै संख्या पनि थपिन थालेको सामािजक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन् । घिमिरे भन्छन्,‘‘हाम्रो ध्यान परीक्षणमा केन्द्रीत भएको छ ।’’ मन्त्री घिमिरेले कोरोना नियन्त्रणका लागि सरकारले द्रूत गतिमा काम गरिरहेको सुनाए ।

धरानमा भएको परीक्षणका क्रममा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीलाई पनि कोरोना लागेको पुष्टि भएको छ । इटहरीका युवालाई वीपी प्रतिष्ठानको आईसोलेशनमा राखिएको छ । सुनसरीमा ३ जना संक्रमित फेला परेका छन् । गढी गाउँपालिकाका भेटिएका युवा भने भारतबाट ११ दिन हिंडेर नेपाल प्रवेश गरेका थिए ।

परीक्षण बढ्दा संख्या थपिदै

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पिसिआर परीक्षण दर बढाइएको छ । परीक्षणको नतिजा विराटनगरका दुई र धरानको ल्याबबाट फटाफट आउन थालेपछि संख्या बढ्न थालेको हो । मन्त्री घिमिरेले परीक्षण दरलाई अझ बढाइने र दश दिनमा दश हजार टेस्ट गर्ने सरकारको योजनाअनुरुप काम शुरु गरिएको बताएका थिए ।

प्रदेश १ को उदयपुरमा ३३, झापामा १२, मोरङ र सुनसरीमा तीन तीन, धनकुटा, भोजपुर, र खोटाङमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा उपचारपछि ठिक भएर कोशी अस्पतालबाट १८ जना डिस्चार्ज भईसकेका छन् ।

प्रदेश दैनिक कम्तिमा ६० जनासम्मको पिसिआर परीक्षण भईरहेको छ । पछिल्लो पटक देखिएका नयाँ संक्रमित अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा पुगेकाहरु छन् ।

सोमबार विराटनगको कोशी अस्पतालबाट झापा दमकबाट ल्याइएका एक जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

धरानमा सुविधा सम्पन् ...

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुवि ...

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

जङ्गलमा निगुरो टिप्न ...

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ ...

धरानको बुढासुब्बा मन ...

सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved