विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ ६ गते बाट ओपिडी सेवा सुरु गर्न लागेको छ । यो कार्यले कोरोना संक्रमण नियन्त्रण हैन फैलन सक्छ । म मेरो तर्फबाट प्रतिष्ठान प्रशासनलाई निम्न सुझाबहरु दिन चाहान्छु ।
विपी प्रतिष्ठानले सरकारलाई च्यालेन्ज गरेको की कोरोनालाई ?
१.कोरोनाको एक जनापनि संक्रमित नदेखिएको अबस्थामा जोखिमपुर्ण हुने भन्दै बन्द गरिएको प्रतिष्ठानको ओपिड सेवा कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको अबस्थामा खोल्दा जोखिम कम हुन्छ की बढ्छ ?
२.ओपिडी सेवा सुरु गरेपछि बाटोमा भिडभाड हुन्छ । सरकारले जारी गरेका पास पनि खारेज गरेर बाहिर सडकलाई शुनसान बनाउन खोज्दै छ,अनी वीपीमा ओपिडीको सेवा सुरु गर्न के कुराले बाध्य बनायो अस्पताल प्रशासनलाई ?
३.प्रतिष्ठानमा कार्यरत डाक्टर तथा कर्मचारीलाई चै कोरोना संक्रमण नहुने हो ?अस्पताल प्रशासनले प्रस्ट पार्नु पर्छ ।
४.ओपिडी सेवा नै सुरु गरेर प्रतिष्ठान प्रशासनले सरकारलाई च्यालेन्ज गरेको की कोरोना लाई ?
५.हो विरामीको उपचार गर्नु पर्छ,भईरहेकैपनि छ । बरु अस्पताल आउनै पर्ने विरामीको उपचारका लागि थप टोलिहरु बनाउ,फोन,इन्टरनेट,सञ्चारमाध्यमका बाध्यमबाट विरामीलाई उपचारमा सहजता प्रदान गरौ तर जोखिम मोल्ने काम नगरौ ।
६.प्रशासनले ओपिडी सुरु गर्ने भनेपनि कतिपयडाक्टर नर्स र कर्मचारी को असन्तुष्टि पाइएको छ । अस्पताल प्रशासनको निर्देशन नमान्दा कारबाही हुने डरले धेरैले असन्तुष्टि ब्यक्त गर्न नसक्नु भएको मैले बुझेको छु । अनि त्रासपुर्ण अबस्थामा डाक्टरले विरामीको उपचार गर्न सक्छ ?
७.अस्पताल सञ्चालन गर्न खर्च अभाब भएको हो भने तपाईहरुले माग्ने प्रदेश र संघीय सरकार छ । अझ उपकुलपती ज्यु त स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीको प्रिय मान्छे,सरकारको ढुकुटीमा अरबौ बजेट फ्रिज भएर बसेको छ,माग्नु होस् न ।
८.प्रतिष्ठानमा भएको यतिको विज्ञहरुको निर्णयलाई टिप्पणी गर्न अलि सुहाउदैन थियो होला तर लागेको विचार ब्यक्त गरे । ओपिडी सेवालाई बन्द गरौ बरु अनलाईन,फोन,टेलिमेडिसीन,सामाजिक सञ्जाल,सञ्चारमाध्यमको प्रयोग गरौ ।हटलाईन नम्बरहरुलाई ब्यापक बनाउ,आपतकालीन बाहेकको अबस्थामा अस्पताल आउने कार्य बन्द गर्ने कार्य चै गरौ । धन्यबाद