धरानमा कोरोनाको जोखिम बढाउँदै वीपी प्रतिष्ठान " स्थानीय तह सँग समन्वय बिनै ओपिडि सेवा शुरु गर्ने तयारी "

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा रोकथामका लागि सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकामा भने चैत्र १० गते देखि लकडाउन शुरु भएको थियो ।

धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा लिन आउने बिरामीको चाप र व्यवस्थापनमा कठिनाई हुने भए पछि प्रतिष्ठानकै चिकित्सक तथा पदाधिकारीहरुको आग्रहमा धरानलाइ चैत्र १० गते नै लकडाउन घोषणा गरिएको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गइरहेकै अवश्थामा एकाएक मंगलबार देखि प्रतिष्ठानको ओपिडि सेवा शुरु गर्ने भएको छ ।

स्थानीय तहको कुनै समन्वय तथा छलफल नै नगरी प्रतिष्ठानले ओपिडि सेवा शुरु गरेको प्रति धरान उपमहानगरपालिकाले आपत्ति जनाएको छ । यस अघि पनि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी आए लगत्तै स्थानीय तह सँगै कुनै पनि समन्वय हुन नसकेको भन्दै उपकुलपति र धरानका प्रमुख बिच चर्चा चलेको थियो । यस पटक पनि प्रतिष्ठानका उपकुलपतिले स्थानीय तहको समन्वय बिना नै कोरोनाको महामारीमा प्रतिष्ठानको ओपिडि सेवा शुरु गर्ने निर्देशन दिएका छन् ।

लकडाउन शुरु भएको ५६ दिन पछि प्रतिष्ठानले ओपिडि सेवा सुचारु गर्ने सुचना जारी गरे पछि धरानमा कोरोनाको संक्रमण फैलन सक्ने सम्भावना बढ्न सक्ने धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताईन् । उनले भनिन्, ‘दुनिया बन्द रहेको अवश्थामा प्रतिष्ठानले ओपिडि सेवा शुरु गर्नु पर्छ भन्ने छैन्, यसले धरानलाई झन जोखिम बढाउँछ, त्यसको जवाफदेही को हुन्छ ।’

केही दिन अघि कोरोना नियन्त्रण तथा रोकथाम समितीले खुल्ला सिमाना र स्वास्थ्य केन्द्र भएकाले कोरोना संक्रमण फैलने सक्ने क्षेत्र रहेको भन्दै सुनसरी र धरानलाई संकेत गरेको थियो ।

सोमबार धनकुटामा कोरोना संक्रमित नर्सले चेकजाँच गरेकी गर्भवती महिलालाई उपचारका लागि ल्याइए पछि गाइनो वार्ड नै सिल गरिएको छ, यस्तै अवश्थामा प्रतिष्ठानले ओपिडि सेवा सुचारु गर्न गैह्र जिम्मेवार रहेको उपप्रमुख भण्डारीको आरोप छ । उनले भनिन्, ‘खोल्नुनै पर्ने परिस्थिती कस्तो रह्यो, किन ओपिडि सेवामा भिड बढाउनु पर्यो, कसरी सेवा दिने हो, कुनै पनि विषयमा स्थानीय तह सँग कुनै समन्वय भएको छैन् ।’

प्रतिष्ठानकै कारण कुनै जोखिमपुर्ण अवश्था शिर्जना भएको त्यसको सम्पुर्ण जिम्मेवारी धरान उपमहानगरपालिकाले नै लिनुपर्ने भएकाले स्थानीय तहको समन्वयमा मात्रै काम गर्न उनको सुझाव छ ।

उनले भनिन्, ‘तरकारी बजार त खुलाउन प्रशासनले सहयोग गर्न नसक्ने अवश्थामा प्रतिष्ठानको ओपिडिमा आउने भिडलाई व्यवस्थापन गर्न प्रशासनले कसरी छुट दिनसक्छ, नगरपालिकाले कुनै निर्णय गर्न सक्ने अवश्था अहिले छैन् ।’
कोरोना महामारीको कारण बन्द रहेको ओपिडी सेवा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको निर्देशन अुनसार सञ्चालनमा आउन लागेको हो ।

सोमबार अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सम्बन्धित विभागहरुको निरीक्षण गर्दै ओपिडी सेवा सञ्चालन गरिने भएकोले तयारी थाल्न निर्देशन दिएका थिए भने सुचना जारी गर्दै मंगलबारदेखि ओपिडी सेवा सञ्चालन हुने जानकारी गराएका छन् ।

 

धरानमा सुविधा सम्पन् ...

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुवि ...

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

जङ्गलमा निगुरो टिप्न ...

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका–५ का ५२ ...

धरानको बुढासुब्बा मन ...

सुनसरी / धरान–१४ विजयपुरस्थित बुढासुब्बा मन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved