काठमाडौं स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो र संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।
यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १-१ जना गरी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।